मनोरञ्जन

गरीमाले हरीसंग बिबाह गरीन

सुर्यखबर समाचारदाता ।
बैसाख ३१, २०७३ ।
नायीका गरीमा पन्तको नेपाली ब्यावशायी हरी शर्मासंग बिबाह बन्धनमा बाँधिएकी छिन् । ब्याबशायी हरि शर्मासंग कही बर्ष अगाडीदेखि नै प्रम संबन्ध भएकी गरीमाले बिबाह बन्धनमा बाँधिएको फेसबुक स्टाटसमार्फत शुक्रबार शार्बजनिक गरेकी छिन् । उनको फेसबुक स्टाटस…

आदरणीय मान्यजन तथा मेरा शुभचिन्त्तकज्युहरु,

मेरो जीवनमा यहाँहरुको साथ,समर्थन र सद्भावले एउटा ठुलो सेतुको काम गरेको छ।तसर्थ म यहाँहरु प्रती आजिवन कृतज्ञता प्रकट गर्दछु ।त्यसकारण मेरो जीवनको अर्थपूर्ण पाटाहरु यहाँहरु संग बाड्न पाउनु मैले आफ्नो सौभाग्य ठानेको छु।यसैक्रमा मेरो जीवन को ठुलो र अतिनै महत्त्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउदै हामी वैवाहिक जीवनमा बाधिएको अबगत गराउदछौ। यश सुभ-अबसरमा हामी यो घोषणा गर्दछौ कि:= जेहेन्दार तर गरिब बिद्यार्थीको सहयोगको निम्ति म आफैले प्राथमिक शिक्षा आर्जन गरेको सरस्वतीको मंन्दिर श्री मित्रता उच्च मा.बि र मेरो गा.बि.स.स्थित श्री मर्रस्यङदी सामुदायिक बिद्या मन्दिर नि.मा.बि .बिध्यालयमा मेरो पुजनिय बुबा इन्द्रबहादुर पन्त र पुजनिय आमा माया पन्त को संयुक्त नाममा सातलाख नेपाली रुपैयाँ को “गरिब/जेहन्दार विद्यार्थी सहायता अक्षयकोष” स्थापना गर्ने निर्णय गरेका छौ र सो रकम दुबै बिद्यालयमा आदि-आदि हुने गरि हस्तान्तरण गर्ने घोषणा गर्दछौ।भबिस्यमा पनि यहाँहरुको माया/सद्भाव र सुझाबहरु पाईराख्ने अपेक्षा गर्दछौं।धन्यवाद।।।