पु.समाचार

स्थानीयनिकायको बिबाद टुंग्याईनुपर्ने काँग्रेस नेता सिँहको बिचार

 

काठमाडौँ । नेपाली काँग्रेसका केनद्रीय सदस्य प्रकाशमान सिंहले स्थानीय निकायको पुनःसंरचनाबारे दलहरुबीच रहेको विवाद तत्काल टुङ्ग्याएर तीनै तहको निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्ने बताएका छन्।

काँग्रेस काठमाडौँ क्षेत्र नंं ३ ले आज आयोजना गरेको तीज विशेष कार्यक्रममा नेता सिंहले स्थानीय निकायको पुनःसंरचनाबारे विवाद गरिरहँदा तोकिएको समयमै तीनै तहको निर्वाचन गर्न नसकिने बताए।

निबर्तमान स्थानीय बिकासमन्त्री समेत रहेका वीर गणेशमान पुत्र प्रकासमान सिँहले दलहरूले आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने बेला आएको धारणा समेत कार्यक्रममा प्रश्तुत गरेका थिए ।