मनोरञ्जन

राजेश हमालको शकुन्तला अवतार…!

काठमाण्डौ । गत शुक्रबारबाट महानायक दर्जा पाएका अभिनेता राजेश हमाल स्टारर फिल्म शकुन्तला प्रदर्शनमा आएको छ । जुन फिल्ममा हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत थिए । गुन्यू चोलो तथा साडी पहिरनमा सजिएका हमालको उक्त फिल्मले कस्तो ओपनिङ गर्यो त ? धेरै दर्शकको कौतुहलताको विषय हुनसक्छ ।

साडी पहिरिएर पर्दामा हमाल आउँदा पनि पछिल्लो समय खस्किएको उनको क्रेज खासै जम्न सकेन् । शुक्रबार सन्तोषजनक सुरुवात गरेको फिल्मले शनिबार भने दर्शकको केहि राम्रो साथ पायो । शनिबार राजधानी तथा मोफसलका केहि हल हाउसफुल बने । जुन विजनेसबाट अनि दर्शक प्रतिक्रियाबाट आफु सन्तुष्ट रहेको निर्देशक दिनेश श्रेष्ठ बताउँछन् ।

प्रदर्शनको छेकोमा अमेरिका हानिएका हमाल अहिलेसम्म पनि नेपाल फर्केका छैन्न । जसको असर फिल्म रिलिजमा पनि देखिएको छ । हुन त पछिल्लो समय हमाल स्टारर प्रदर्शनमा आईसकेका दर्जनबढि फिल्मको विजनेस सम्झिन लाएक पनि छैन् । त्यो सबैकुरालाई बिर्साउने अनुमान गरेको शकुन्तलाको मध्यम ओपनिङले पनि उनको क्रेज खस्किएको भन्नेहरुलाई फाईदा मिलेको छ ।

मिडियामा होस् या अन्य कुनै कार्यक्रममा हमाल हिट छन् तर पर्दामा दशक पहिलेको क्रेज पुनर्स्थापित गर्नमा उनी चुके या हमालबाट दर्शक अघाईसके त्यो चर्चा गर्न योग्य विषय हुनसक्छ । पछिल्लो पुस्तामा नयाँ अनुहारहरुले दर्शक होल्ड गर्नु, लोकप्रिय बन्नुको कारण पनि हमाल पुस्तालाई पर्दामा जम्न चुनौती थपिएको छ ।

आईतबार र सोमबार पनि फिल्म शकुन्तलाले मध्यम विजनेस गरेको छ । माउथ पब्लिसिटीले दर्शक बढाउँदै लगेको दाबी निर्माण टिमले गरिरहँदा अब आउँदो शुक्रबारसम्म फिल्मले कस्तो विजनेस गर्छ, अनि कति हलमा टिकिरहन्छ त्यसले हमालको परिक्षाको वास्तविक नतिजा बोल्नेछ फिल्मि खबरले जनाएको छ ।