आर्थिक

सेलिया गेट्सको थिङ्क एण्ड ग्रो र्वकशप

काठमाडौँ । सेलिया गेट्सको थिङ्क एण्ड ग्रो र्वकशप आज सम्पन्न भएको छ । गेट्स एक लेखिका तथा आन्टरप्रेनर हुन् । ग्लोवल ब्रेनस्ट्रोम र वेदर फोरकास्ट माइन्ड टुलका क्रियटर गेट्स व्यक्ति तथा संथाहरुको रणनितीक सल्लाहाकार पनि हुन् । झण्डै १०० जना भन्दा बडिको सहभागिता रहेको कार्यक्रम गेट्सले सँचालन गरेकी थिईन् ।

कार्यक्रमको पहिलो सेसनमा नयाँ विचार र आविष्कार, दिगो व्यापार रहेको थियो भने दोस्रो सेसनमा एडभान्स अग्रिम सोचको अभ्यास र तेस्रो सेसनमा पर्पोज प्यारासुट्स, दिगो व्यवसायको योजना र बजार केन्द्रित आविष्कारको रहेको थियो । अन्त्यमा सहभागीहरुले सुमन शाक्य र मदन लम्सालको साथमा सेलिया गेट्ससंग प्रस्न उत्तर कार्यक्रम गरेका थिए ।

आज मल्ल होटलमा आयोजना भएको कार्यक्रमको आयोजना नेपाल आन्टरप्रेनर हवले गरेको हो, जसमा सह आयोजक आइएए नेपाल च्याप्टर रहेको थियो भने द हिमालयन टाईम्स मिडिया पार्टनर, सिल्भर पार्टनर किंस कलेज, बेवरेज पार्टनर कोकाकोला र इन्टरनेट पार्टनर भाएनेट रहेको थियो ।

उक्त कार्यक्रम उदेश्य सहभागीहरुको सोचाई र आईडियाहरुलाई बडाउन रहेको थियो जुन सफल भयो ।