खेलकुद

नेपाल र बंगलादेशबीच महाभिडन्त हुदैँ, ‘गर या मर’ को स्थितीमा नेपाल !

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश आमनेसामने हुदैँछन् । नेपाली समय अनुसार शनिबार(आज) राती पौने ७ बजे सुरु हुने खेलमा नेपाल गर या मरको अवस्थामा रहेको हो ।

शुक्रबार भुटानलाई ४–०ले पराजित गर्दै शानदार जित निकालेको नेपालले यो खेल पनि जित्ने आशा गरिएको छ । यो खेल जितेमा नेपाल सिधैँ सेमिफाइनलमा प्रवेश गर्नेछ भने पराजय व्यहोरे प्रतियोगिताबाटैँ बाहिरिनेछ ।

यसैबीच, नेपालको तर्फबाट आज खेल्ने एघार जनाको नामावली सार्वजनिक गरिएको छ । किरण चेम्जोङको कप्तानीमा रहेको टोलीमा गोलकिपर किरण कुमार लिम्बु, डिफेन्डर– आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, मिडफिल्डर – रोहित चन्द, निराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ र फरवार्डमा – भरत खवास, बिमल घर्ती मगर रहेका छन् ।