मनोरञ्जन

चार दशक चलचित्रमा अभिनय गरेका शिब श्रेष्ठको म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । चार दशक चलचित्र अभिनयमा बिताएका बरिष्ठ कलाकार शिब श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ । व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश बाबा तिमी छौ र त बोलको गीतमा नायक श्रेष्ठले बाबाको भुमिकामा अभिनय गरेकाछन् । बुबाको मुख हेर्ने दिनको अवसर पारेर गत आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियोलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ ।

अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेको बताइन्। उनले भनिन्, बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ। युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबु छोरीको भुमिका गरेकाछन ।

अहिले देशमा भइरहेको बलत्कारको विरुद्दमा भिडियो तयार पारीएको छ । अभिनेता श्रेष्ठले यो भिडियोमा काम गर्न पाउदा खुसी लागेको बताए । उनले भने, धेरै फिल्ममा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन्। तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ उनले बताए ।साथै नायीका हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताईन । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् ।