मनोरञ्जन

तिज फेसन शो तथा म्युजिकल ईभेण्ट भब्यताको साथ सम्पन्न !

काठमाडौँ । एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा सम्पन्न भएको तिज फेशन शो तथा म्युजिकल ईभेण्टको भब्यताको साथ सम्पन्न भएको छ प्रमुख अतिथि संचारकर्मी,कलाकार तथा समाजसेवी सुर्य चन्द र अभिनेता रमित ढुंगानाको उपस्थितिमा सम्पन्न फेसन शो मा मोडल कौशिक प्रसाई, अभिनेता नयन डिसी, मोडल संजय राजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्य सेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

तिज फेसन शोमा फेसन डिजाइनर रश्मि बस्नेत, प्रमिला डंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनु शिल्पकार तथा एलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुत गरिएको थियो ।

गायिका बुनु राइ मानन्धर, गायक रमेश श्रेष्ठ मेलोडी, गायक कर्णराज गिरि, गायिका शर्मिला श्रेष्ठ डान्सर गङ्गा जमुना खड्की, मारिया कार्की लगायतले उपस्थित भिड तथा दर्शकलाई मनोरंजन दिएका थिए । मोडल तथा कोरियोग्राफर नितेन्द्र कर्णले कोरियोग्राफी गरेको उक्त फेसन शोमा २३ जना मोडलहरुले र्याम्पमा हिडेका थिए ।

एल एण्ड एन मोडल एजेन्सी प्रालिको सी ई ओ लक्ष्मी श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको तिज फेसन शो तथा म्युजिकल ईभेण्टमा ज्योति खड्काले कार्यक्रम संचालन गरेकी थिइन् ।