खेलकुद

यस्तो खतरा महिला भलिबल देख्नुभएको छ ? (हेर्नुहोस् भिडियो)

काठमाडौं । सशस्त्र प्रहरी वलको एपीएफले यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा को लामाचौरमा संचालन भएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेलमा एपिएफले चिरपरिचित प्रतिद्धोन्दी काठमाण्डौंको न्यू डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै यस बर्ष पनि उपाधि रक्षा गरेको हो ।

बर्षादले पटक पटक प्रभावित हुदै लामाचौरको ईन्द्रराज्य लक्ष्मी माविको भलिवल कोर्टमा सम्पन्न भएको फाईनल खेलमा एपिएफले २५–२०, १८–२५, २५–१७, र २५–२१ को सेटमा न्यू डायमण्डलाई पराजित गरेको हो । पोखरेली दर्शकको हुटिङ पाएको न्यू–डायमण्डले दोश्रो सेटमा जित हासिल गरे पनि अन्य सेटमा उत्कृष्ट प्रर्दशन गर्न नसक्दा अन्ततः यस बर्ष पनि उपविजेतामा सिमित भएको हो ।

खेलको क्रममा ठुलो बर्षाद भए पछि खेल पटक पटक स्थगित भएको थियो । दोश्रो सेटमा न्यू डायमण्डले ६–५ को अग्रता कायम गर्दा करिब ३० मिनेट खेल स्थगित भएको थियो भने दोश्रो सेटको एपिएफले १८–१२ को सेटमा अग्रता कायम गर्दा खेल स्स्थगित हुन पुगेको थियो ।