पु.समाचार

कोरोना त्रास, नेकपाको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगितः गृहमन्त्री फर्किए बिमानस्थल बाटै

काठमाडौं । चीनको बुहानबाट फैलन सुरु गरेको प्राण घाता भाईरस कोरोनाले सारा विश्वलाई छुन थालेको छ । विभिन्न मुलुकहरुमा तिब्र गतिमा कोरोनाको भाईरस फैलन थालेपछी नेपाल सरकारले यस्को जोखिमबाट बच्न केहि सावधानी अपनाएको छ ।

सरकारले कुनै भेला–बैठक, समारोह, मेला जस्ता भिडभाडहुने कार्य नर्गन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमको डरले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।

सरकारले ठूला सभा समारोह, भोजभतेर लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो । प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको बताएका छन् ।

नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण झापामा आज हुँदै थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो । कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरु बिर्तामोड पुगिसकेका छन् ।

शिक्षणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा लगायतका नेता पनि सहभागी हुने कार्यक्रम थियो ।

गृहमन्‍त्री समेत रहेका थापा झापा जान विमानस्थलसमेत पुगिसकेका थिए । उनी त्यहींबाट फर्केका छन् ।