प्रदेश 2

गिरिजा प्रसाद कोईरालाको १० स्मृति दिवशः ५०० माक्स निःशुल्क बितरण, हात धुन सिकाईयो

वीरगंज ८ चैत्र । कोभिड १९ अर्थात् कोरोना भाईरस अहिले विश्वमा महामारीको रुप लिई रहेको छ । विश्वमा नेपाल बाहेक अन्य १५० भन्दा बढी मुलुकहरुमा कोरोनाको लक्षणहरु देखिएको छ भने हजारौ मानिहरुसले यस महामारीबाट आफनो ज्यान समेत गुमाइ सकेका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि यस महामारीको चपेटामा आउन सक्ने र उच्च जोखिममा रहेको बताए पछि नेपाल सरकारले उच्च सतकर्ता अपनाउन थालेको छ ।

यही यथावत कुराहरुलाई मध्य नजर गर्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको १० स्मृति दिवशको अवसर पारेर नेपालको खुल्ला नाका वीरगंज भंसार शंकराचार्य द्धार नजिक नेपाल भित्रने यात्रुहरुलाई सेनेटाईजरले हात धुवाएको छ भने ५०० जना यात्रु(नेपाली तथा भारतिय)मा मास्क समेत वितरण गरेको छ ।

जी.पी.फाउण्डेशन पर्साका प्रमुख मोहम्मद सहाबुदिनले वीरगंज नाकामा कडाइ गरेर चेक जांच गरेकोमा खुशि ब्यक्त गरेका थिए ।

फाउण्डेशन पर्साका कोषाध्यक्ष मनोहर साहका अनुसार फाउण्डेशनले वीरगंजको भंसार, घण्टाघर, माईस्थान चौक लगायतका स्थानमाहरुमा सेनेटाईजरको प्रयोग विधि सिकाएका छन भने यस महामारीबाट बच्नका निम्ति चेतना मुलक पोष्टरहरु शहरका विभिन्न स्थानहरुमा लगाइएको बताएका छन ।

कार्यक्रमको संयोजक्तव फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए भने फाउण्डेशनका धिरज कुमार गुप्ता, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र साह, सदिप केवट, नेपाली काग्रेंस बुथ वडा कार्य समिति ३ का संयोजक शेख नेजामुदिन, स्थानिय समाजसेवी शेरु उर्फ मेहबुब आलम, पप्पु सिंह, सुनिल सिंह,सेराज अंसारी, अख्तर अंसारी, खेख नियाज, खेख गुलाव, अजाज, शेख बसरुदिन, करण ठकुरी, नरेन्द्र चौधरी लगायतका र्कायक्रताहरुको सहभागिता रहेको थियो ।