समाचार

दोलखा आसपास केन्द्रबिन्दु भई गयो ४.१ रिक्टर स्केलको भूकम्प

काठमाडौँ, २ असार । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ । आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताएका छन् । उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प ७.६ रिक्टर स्केलं पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।