समाचार

नेपाली काँग्रेस सिन्धुपाल्चोकको भवन निर्माण शुरु

२ असार, मेलम्ची । नेपाली काँग्रेस सिन्धुपाल्चोकले कार्यालय भवन निर्माणको काम शुरु गरेको छ । डेढ आना जग्गामा साढे दुई तलाको भवन सभाकक्ष सहितको बन्ने पार्टी सभापति विकास लामाले जानकारी दिए । संसद् विकास कोषबाट २५ लाख र केही आन्तरिक स्रोतबाट गरी कूल तीन करोड ७० लाख लागतमा बन्ने भवनको यस साल एकतला निर्माण गरिने काँग्रेसको योजना छ ।
अर्को सालसम्ममा भवनले पूर्णता पाउने सभापति लामाको भनाइ छ । पूर्वसभापति रोहिणिराज सिग्देलले पार्टीका लागि चौतारा नगरपालिकामा जग्गादान गरेका हुन् ।