पु.समाचार

गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमीतको मृत्युः जम्मा मृतक संङ्ख्या ३३

२० असार काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

गएराति १० बजे आईसोलेसन वार्डमा सारिएका संक्रमीतको गोरखाको अस्पतालमा आज बिहान ५ बजे मृत्यु भएको जनाईएको छ ।

संङ्क्रमणका कारण पालुङटार नगरपालीका वडा नम्बर ७ निवासि ४४ वर्षका पुरुष रहेका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जानकारी दिएका छन् । मधुमेहबाट पीडित उनमा निमोनीया देखिएपछि आईसोलेसनमा राखेर उपचार गरिरहेको थियो ।

कोरोनाका कारण गोरखामा मृत्यु भएका उनि पहिला व्यक्ति हुन् । मृतक उनि हालै कतारबाट आएर क्वारेन्टाईनमा बसेका उनमा बिहिबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।