प्रदेश 2

महोत्तरीमा एक ६० वर्षे कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु

१० भदौ, काठमाडौं । महोत्तरीमा एक ६० वर्षे बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । बिराटनगरको विराट न्युरो अस्पतालमा उपचाररत ६० वर्षे बृद्धको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

साउन ३१ गते अस्पताल भर्ना भएका उनमा संक्रमणको लक्षण देखिएपछि भदौ ३ गते गरिएको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि अस्पतलाले छुट्टै आईसोलेशनमा राखेर उपचार गरिरहेको थियो ।

साथै मृतक बृद्ध अनय रोगबाट पनि पीडित भएको खुलेको छ । मंगलबार राति नै बिराट नगरकि एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।