एजेन्सी । इङ्ल्याण्डबिरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । म्यान्चेष्टरमा शुक्रबार भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ ।
२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए ।
अन्यको खेलाडीको प्रर्दशन उल्लृख्य रहन सकेन । अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिए । यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो ।
खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । छैटौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए ।
त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । कप्तान आरोन फिन्च १६ रनमा आउट हुँदा ओपनर डेभिड वार्नर ६ रनमा पेभेलियन फर्किए ।
इंग्ल्यान्डका मार्क उड र आर्चर जोफ्राले ३र३ विकेट लिए । आदील राशिदको नाममा २ विकेट रह्यो । तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ । यस्तै अन्तिम खेल बुधबार हुनेछ ।





