पु.समाचार

ललितपुरको पाटन र मेगा अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

२७ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन–प्रतिदिन तिब्र गतिमा बढेको छ । यस्तै क्रममा यता ललितपुरको दुई अस्पतालमा उपचारका क्रममा तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा २ जना र मेगा अस्पतालमा १ को गरी ३ जनाको ज्यान ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोरोना पुष्टि भएपछि भदौ १७ गतेदेखी पाटन अस्पतालमा उपचार गराई रहेको ७२ वर्षका पुरुषको गएराति ९ बजेर ४५ मिनेटमा र भदौ १९ गतेदेखी उपचाररत काठमाडौंका ५१ वर्षका पुरुषको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यस्तै भदौ २६ गतेदेखी मेगा अस्पताल ललितपुरमा उपचाररत ३८ वर्षका कोरोना संक्रमित पुषको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।