२७ भदौ, भक्तपुर । प्रहरीले भक्तपुरको मध्यपुर थिमिमा घरभित्रैको झगडाका कारण परिवार सखाप भएको निष्कर्श निकालेको छ । घरमा श्रीमान–श्रिमती र छोराबीचको मनमुटावको कारण नै उक्त दुर्घटना घटेको प्रहरीले जानकारी दिएको छ ।
मध्यपुर थिमि नगरपालीका ६ कुण्डोलस्थित तिन जनाको शव फेला परेको मा आमा छोराको हत्या गरी सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भीक निष्कर्श निकालेको छ ।
शुक्रबार साँझ मृतक सुदिपका भाईले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिषर र महानगरिय अपराध महाखाको टोली घटनस्थल पुग्दा सुदिप ,उनकी श्रीमती ३४ वर्षीया सम्झना र छोरा १५ वर्षका सुशान्त मृत फेला परेका थिए ।
प्रहरीको अनुसन्धनका क्रममा आमा–छोराको सुतेकै छुट्टा–छुट्टै दुई स्थानमा धारिलो हतियार प्रयोगरी गरेर हत्या गरेपछि सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्के देखिएको छ । मृतक आमा छोराको टाउकोमा गहिरो चोट देखिएपछि बाहिरदेखी अन्य कोहि व्यक्ति घरमा नआएकाले हत्या सुदिपले नै गरेको हुनसक्के प्रहरीको प्रारम्भिर निष्कर्श छ । साथै घरको पहिलो तलामा घरमा पालिएको कुकुरपनि मृत अवस्थामा फेला परेको थियो ।
हत्याका घरकै दाउ धारिलो हतियार प्रयोग भएको देखिएको छ । यद्यपी यसबारेमा पोस्र्टमार्टम को रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ । साथै खाने कुराहरुमा पनि विषको गन्ध आएकाले कुकुरको मृत्यु त्यहि विषले भएको हुनसक्ने निष्कर्श निकाल्दै खाना परिक्षणको लागि प्रहरीले पठाएको छ ।
साथै प्रहरीका अनुसार एकवर्षअघि सुदिपले औंषधि पसलमा काम गर्ने गरेको र पछिल्लो समय बेरोजगार भएको भन्दै उनी र श्रीमति साथै छोरासंग पनि झगडा हुने गर्दथ्यो । साथै आफन्तका अनुसार उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको विषयमा पनि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।





