३० भदौ, काठमाडौं । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा कोरोनाका कारण फेरी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ डुम्मरवाना बस्ने ५५ वर्षकी महिलाको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो ।
सोमबार बिहान सवा ११ बजे अस्पताल भर्ना भइकी उनको मंगलबार साँझ सवा ७ बजे वीरगञ्को अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता एवंम वरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन् ।
मधुमेह र हाईपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको उनलाई तत्कालै आईसियू कक्षमा राखेर उपचार सुरु गरिएकोमा उनको मृत्यु भएको हो ।
जिन एक्सपर्ट बिधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कोरोना संक्रमणका कारण वीरगञ्जमा ६२ जनाको मृत्यु भएको पुष्टि भएको हो ।





