२३ असोज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईँ (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गरेका छन् । समाजसेवी प्रसाईँको आज दिउँसो १२ः३० बजे काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी र सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेक छन्।
प्रसाईँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए। विसं १९७८ माघ १५ मा जन्मीएका प्रसाईँले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।





