सामाजिक सञ्जाल

नेता गुरुङको टिप्पणीः भ्रष्ट नेताहरुले लोकतन्त्रलाई नै कुरुप बनाए !

२८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपालका भ्रष्ट नेताहरुले लोकतन्त्रलाई नै कुरुप बनाईरहेको टिप्पणी गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले चुनावका बेला करोडौंमा सांसद पद किनबेच गर्ने भ्रष्ट नेताहरुका कारणा नै लाेकतन्त्र कुरुप भएकाे  बनाएको बताएका हुन् ।

उनले लोकतन्त्रमा राजनैतिक पार्टीहरुको आर्थिक पारदर्शिता अनिवार्य शर्त भएको भएपिन तर नेपालमा चुनावका बेला करोडौंमा सांसद पद किनबेच हुने र हिसाबकिताबमा कुनै चासाे निदएकाे भन्दै कटाक्ष गरेका छन् ।

नेपालमा कुन पार्टीले कति चन्दा कहाँबाट प्राप्त गर्यो त्यसको कुनै हिसाबकिताब देखाउनै नपर्ने परिपाटीले  गर्दा  नै भ्रष्ट नेताहरुले लोकतन्त्रलाई नै कुरुप बनाइरहेको बताएका छन् ।

उनको ट्वीटः लोकतन्त्रमा राजनैतिक पार्टीहरुको आर्थिक पारदर्शिता अनिवार्य शर्त हो । तर हाम्रो देशमा चुनावका बेला करोडौंमा सांसद पद किनबेच हुन्छ । कुन पार्टीले कति चन्दा कहाँबाट प्राप्त गयो ? त्यसको कुनै हिसाबकिताब देखाउनै पर्दैन । त्यसैले त भ्रष्ट नेताहरुले लोकतन्त्रलाई नै कुरुप बनाइरहेका छन् ।