पु.समाचार

आज दाहाल-नेपालको देशैभरी आमहड्तालः जनजिवन प्रभावित, सुरक्षा व्यवस्था कडा, बिहानैदेखी धरपकड

२२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहले आज देशव्यापी आमहड्तालको घोषणा गरेको छ । संबैधानिक निकायमा प्रकृया मिचेर एकतर्फि असंबैधानिक नियुक्ति गरेको बिरोधमा उक्त समुहले आज देशव्यापी आम हडतालको घोषणा गरेको होे ।

संसद बिघटनका बिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको उक्त समुहले बुधबार पेरिसडाँडाँमा भएको पत्रकार सम्मेलन गरेर अकस्मात बिरोधको स्वरुप परिवर्तन गरेको हो । असंबैधानीक नियुक्तिका बिरुद्ध आज देशव्यापी आन्दोलन लगाएतका बिरोधका कार्यक्रम उक्त समुहले सार्वजनिक गरेको थियो ।

उक्त समुहले आज यातायात, उद्योग, कलकारखाना, शैक्षिक संस्था लगाएतका सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको हो । भने आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

साथै नेकपाको ओली समुहले शुक्रबार काठमाडौंमा सभा गर्दै छ । त्यो सभालाई लक्षित गरेर नभई एकलौटि रुपमा ओलीले संवैधानिक निकायमा एकलौटि नियुक्ति गरेको बिरोधमा आमहड्ताल गरेको उक्त समुहका प्रवक्ता नारायणकाजि श्रेष्ठको दाबी छ ।

यसैबिच उता सरकारले भने आजको बन्दको अवज्ञा गर्न सम्पुर्ण सर्वसाधारणलाई अपिल गरेको छ । गृहमन्त्रालयले बिज्ञप्ति जरी गर्दै आज अन्य दिनहरुमाजस्तै सार्वजनिक यातायात, आ-अफ्नो उद्योग धन्दा पेसा व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायलाई आग्रह गरेको छ ।

यस्तै गृहमन्त्रालयले आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसैबिच आज बिहानैदेखि बन्द गर्न हिँडेका दाहाल-नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । युवा नेता रामप्रसाद सापकोटाले सामाखुसीबाट केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । दाहाल-नेपाल समुहको आमहड्तालको घोषणासंगै सरकारले सुरक्षा ब्यवस्थापनलाई कडाई गरेको छ ।