समाचार

देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरुलाइ बेलैमा चिन्न जरुरीः चौधरी

१५ फागुन, काठमाडौं । नेकपा ओली समुहकी नेतृ शान्ता चौधरिले अर्काे समुह दाहाल-नेपालका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेकी छिन् । नेतृ चौधरिले आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु र अहिले भारत सुहाउँदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेद जनक भएको उनले टिप्पणी गरेकी छिन् ।

शुक्रवार प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै नेकपा दाहाल-नेपालका अध्यक्ष दाहालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्दा भारत र चीन दुवैका लागि फाइदाजनक हुने बताएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमाफर्त नेतृ चौधरिले बिदेशी इसारामा नेपाली जनताको भाबनाको अपमान हुने गरि बिगत एक बर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भएको उनको टिप्पणी छ । उनले देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरु लाइ बेलैमा चिन्न जरुरी छ रहेको समेत बताईन ।

उनले अगाडी भनिन् अध्यक्ष कमरेड प्रचण्डले हामिकेहिमा रहेको भ्रम चिरिदिनु भयो । साथै नेतृ चौधरिले आन्दोलनको बेला भारतीय हस्तक्षेपको आब्हान गर्नु अनि अहिले भारत सुहाउदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेद जनक रहेको समेत बताईन । राष्ट्रप्रेमि नेपालीहरु येस्ता हर्कत बाट जोगिएर अघि बढ्नु नै अहिलेको आबस्यकता भएको उनको भनाई छ ।

उनको स्टाटस्ः सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो। नेपालि जनता ठुलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठुलो राजनीतिक परिबर्तनको बाहक बनेका थिए। तेही उदेश्य कार्यान्वयन होस् भनेर नेकपालाइ झन्डै दुइ तिहाइ मत दिएर जिताएका हुन्। बिदेशी इसारामा नेपाली जनताको यो भाबनाको अपमान हुने गरि बिगत एक बर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो। देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरु लाइ बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामि केहिमा रहेको भ्रम चिरिदिनु भयो। अस्ति आन्दोलनको बेला भारतीय हस्तक्षेपको आब्हान गर्नु अनि अहिले भारत सुहाउदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेद जनक छन्। राष्ट्रप्रेमि नेपालीहरु येस्ता हर्कत बाट जोगिएर अघि बढ्नु नै अहिलेको आबस्यकता हो।