समाचार

कांग्रेसका नेता नबिन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार

१५ फागुन, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था स्थिर रहेको छ ।

जोशीको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. राजिव झाले जानकारी दिएका छन् । जोशीको शरीरको बायाँ पाटो पूरै पक्षघात भएको छ । दाहिने हातखुट्टा भने आज बिहानदेखि केही चलेको डा. झाले बताएका छन् ।

आइतबार बिहान सिटिस्क्यान गरेर रिपोर्ट हेरेपछि थप कुरा बताउन सकिने डा. झाको भनाइ छ ।