खेलकुद

काठमाडौँ मेयर कप क्रिकेटः एपीएफ क्लब फाइनलमा

२७ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो ।

मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो । काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १७७ रन बनायो । एक सय ७८ रनको विजय लक्ष्य एपीएफ क्लबले ४४ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । एपीएफका लागि सन्दीप जोराले अविजित ६२ तथा शरद् भेषवाकरले अविजित ६१ रनको योगदान दिए । यस्तै शंकर रानाले ३१ तथा भुवन कार्कीले ११ रन बनाए । बलिङतर्फ काठमाडौँ मेयर ११ का अनुज चुनारा, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।

यसअघि काठमाडौँ मेयर ११ का लागि ब्याटिङ गर्दै सन्दीप रजालीले ४८, हरिशंकर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाए। बलिङतर्फ एपीएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन तीन तथा बसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक एक विकेट लिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा वाग्मती प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित ग¥यो । वाग्मतीले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनायो । दुई सय ६७ रनको विजय लक्ष्य पछ्याएको आर्मीको पारी २५६ रनमा समेटियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेल्दै ११९ रन बनाए । उनले ११४ बल खेल्दै सात छक्का तथा आठ चौका प्रहार गरे । यस्तै लोकेश बमले ४६, करन केसीले २४ तथा रोहितकुमार पौडेलले १५ रन बनाए । बलिङतर्फ वाग्मती प्रदेशका आरियो पौडेलले पाँच, रामनरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्दै वाग्मती प्रदेशका पारस खड्काले शतकीय पारी खेलेको थियो । खड्काले १३३ बल खेल्दै ११९ रन बनाए । उनले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गरे । यस्तै नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ त्था पृथु बास्कोटाले १२ रन बनाए । बलिङतर्फ आर्मी क्लबका सोमपाल कामीले पाँच तथा विक्रम सोव, जितेन्द्र मुखिया, शाहव आलम र करन केसीले एक एक विकेट लिए । शनिबार हुने फाइनल खेलमा एपीएफ क्लब नेपाल पुलिससित भिड्ने छ ।