प्रदेश 2

सिराहाको मालपोत कार्यालयमा बम बिस्फोट, ७ घाईतेः गोइत समूहको पर्चा भेटियो (अपडेट)

१ चैत, काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिएका छन् ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । 

यस्तै बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।