खेलकुद

खेलकूदबाट बिदा लिएर व्यवसायमा रमाउँदै

६ चैत, भजनी । जानकी गाउँपालिका–९ खैरीफाँटाका शिवराज भाटको नाम भलिबलमा चर्चित छ । उनी सुदूरपश्चिमा सो खेलमा सुपरिचित छन् । खेल पेशाबाट स्थापित भएका उनी खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा आकर्षित भएका छन् ।

उनले स्थानीयदेखि राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाउने अवसर पाए भने अधिकांश प्रतियोगिताको उपाधिसमेत हात पार्न सफल भए । विसं २०५८ देखि भलिबल खेललाई व्यावसायिक खेलको रुपमा लैजाने उद्देश्य लिएका उनी खेलकूदमा सफल हुन भने सकेन्न् । प्रतियोगितामा आफूले राम्रो सम्मान पाएको उन बताए । “मैले खेल क्षेत्रमा कहिल्यै घमण्ड गरिन । त्यसको परिणाम राष्ट्रिय खेलाडीको रुपमा पनि थुप्रै खेल पनि खेल्ने अवसर पाएँ ।” उनले भने, “साथीभाइसँग रमाइलो, खेलप्रेमीको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ । जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यावसायिक पशुपालनमा जोडिएको हुँ ।”

उन भलिबलमात्र नभई फुटबलको पनि राम्रो खेलाडी हुँ । सुदूरपश्चिमस्तरीय फुटबल प्रतियोगिता खेल्नुभएका उनको हात र औला भाँच्नुप¥यो । “खेलकूदमै लागेर डोटीमा भएको प्रतियोगितामा मेरो खुट्टामा समस्या देखिएको थियो । डाक्टरले अप्रेशन गर्नुपर्ने भने पनि खर्च बढी लाग्ने भएकाले अप्रेशन गर्न सकेको छैन ।” उनले भने, “खेलकूद क्षेत्रमा लागेर अहिले त्यो दुःख देख्दा आफूलाई पछुतो लाग्छ । एक खेलाडीले आफ्नो उपचार गर्नसक्ने अवस्था अझै बन्न सकेको छ । सरकारले खेलाडीप्रति हेर्ने दृष्टिकोण अझै फेरिएको छैन ।”

विसं २०७७ फागुन १० गते अरुण युवा क्लब खैरीफाँटाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताबाट उनले भलिबल खेल जीवनबाट सन्यास लिसकेका छन्। उनले खेलकूदसँगै व्यवसाय शुरु गरेका थिए। तीन वर्षदेखि व्यावसायिक बङ्गुरपालन शुरु गरेका शिवले अहिले लोकल कुखुरा र कडकनाथको व्यवसाय पनि शुरु गरेका छन् । “मैले टर्की, लौकटको व्यवसाय पनि गरेको थिएँ । कोरोनाका कारण भएको बन्दाबन्दीको बेला मासुको अभाव हुँदा सबै बिक्री भए ।” शिवले शिवले भने, “सबै परिवार यही व्यवसायमा छौँ । मैले व्यवसायसँगै शिक्षण पेशालाई पनि सँगै अगाडि बढाएको छु ।” जानकी गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय अमरावती र अरुर्णोदय माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएको छ । विद्यालयमा अध्यापनमात्र नभई खेल शिक्षकको रुपमा पनि काम गर्दै आएका शिवले रारा फाउण्डेशनले किशोरीका लागि खैरीफाँटामा शुरु गरेको फुटबल प्रशिक्षकको रुपमा शुक्रबार र शनिबार काम गर्दै आएको बताएका छन् । “आफ्नो क्षमताले काम गर्नसके कसैले पनि पछाडि फर्केर हेर्नू पर्दैन ।” उनले भने, “अब मलाई कुनै कुराको अपुग छजस्तो लाग्दैन । आफ्नो क्षमताले भ्याएको सबै गरेको छु । परिवारको राम्रो साथ छ ।”

रु छ लाख लगानी गरेर व्यवसाय शुरु गरेएका उनी गाउँकै एक नमूना व्यावसायिकको रुपमा स्थापित भएको छ । उनले युवालाई राज्यको खेलक्षेत्रमा स्पष्ट नीति नआएसम्म पूरै समय खेलमा व्यतीत नगर्न आग्रह गरे । उनले आफूले मात्र नभई आफ्नै भाइलाई पनि खेलकूदमै आकर्षित गराउँदा अहिले त्यसको परिणाम आएको बताए । “मेरै प्रशिक्षणबाट स्थापित खेलाडी बनेको कान्छो भाइ नरेश भाट अहिले वैदेशिक रोजगारीमा होमिनुपरेको छ । खेलकूदलाई व्यवसायीकरण गर्न नसकिएसम्म खेल क्षेत्रबाट कसैको भविष्य सुनिश्चित छ जस्तो लाग्दैन ।” उनले भने, “शरीरमा ऊर्जा रहँदासम्म खेलाडी बन्ने हो भने बाँकी जीवन जीउन र परिवार चलाउन कसको सहारा लिने ?”