पु.समाचार

नेपाल-खनाल समुहद्वारा शुक्रबारका लागी केन्द्रिय कमिटी बैठक आह्वान

१२ चैत्र, काठमाडौं । नेकपा एमाले नेपाल-खनाल समुहको केन्द्रिय कमिटी बैठक बस्दै छ ।

समानान्तर गतिविधिलाई तीव्रता दिएको खनाल-नेपाल समूहले शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको श्रोतले जानकारी दिएको छ । बैठक कलंकि स्थित एक पार्टी प्यालेसमा बस्ने भएको छ ।

राजनीतिक, वैचारिक रूपमा विभाजनको रेखा कोरिसकेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सांगठनिक आधार पनि बनाइरहेको छ ।

भोलि पार्टीलाई विधान, नियमावलीअनुरूप चल्न दबाब पुगोस् भनेर केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

खनाल–नेपाल समूहले फागुन २८ गते ओलीले ‘एकलौटी’ रूपमा बैठक राखेलगत्तै पनि केन्द्रीय कमिटी बोलाएको थियो । बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

भोलिको भेला विधानअनुसार चल्न दबाब दिने भनिए पनि विभाजनको सांगठनिक आधार तयार पार्ने नै भएको नेताहरूको भनाइ छ ।