राजनीति

राजेन्द्र महतोको अभिब्यक्तीमा धनराजको टिप्पणीः खवरदार! मर्न तयार छौं, देश जोगाउँछौं

२३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले खवरदार! मर्न तयार छौं,देश जोगाउँछौं भनेका छन् । उनले ‘बा’ले उपप्र.म.बनाउने बित्तिकै ‘चाचा’ले एउटा टुक्राको प्रधानमन्त्री नै बन्ने सपना देखे कि क्या हो? भनेर प्रश्न गर्दै उक्त कुरा बताएका हुन् । उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले दिएको बिबादास्पद अभिब्यक्तीमा टिप्पणी गर्दै नेता गुरुगंले भने, ‘चाचा’ले मुलुकको राष्ट्रिय अखण्डता माथि नै धावा बोले त!, हुन त नक्कली जलप लगाएको ‘बा’कै राष्ट्रवाद खुइलिसकेको बेलामा अंगिकृते ‘चाचा’को के कुरा भो र !

उनको ट्वीटः ‘बा’ले उपप्रधानमन्त्री बनाउने बित्तिकै ‘चाचा’ले एउटा टुक्राको प्रधानमन्त्री नै बन्ने सपना देखे कि क्या हो? ‘चाचा’ले मुलुकको राष्ट्रिय अखण्डता माथि नै धावा बोले त!
हुन त नक्कली जलप लगाएको ‘बा’कै राष्ट्रवाद खुइलिसकेको बेलामा अंगिकृते ‘चाचा’को के कुरा भो र!
खवरदार! मर्न तयार छौं, देश जोगाउँछौं।