पु.समाचार

कृयाशील बिबाद मिलाउन सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक

१६ असार, काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आज पार्टीको भदौ १६ गतेदेखी १८ गतेसम्म सम्पन्न हुनलागेको १४ माहाधिवेशनको तयारीका लागी छलफलका लागि बोलाएका हुन् ।
पार्टीका पदाधिकारी, पुर्व पदाधिकारी तथा कृयाशील सदस्यता छानबिन समितिका नेताहरु उपस्थित हुने भनिएको आजको बैठकले काँग्रेसमा भएको कृयाशील सदस्यताको बिबादको बारेमा छलफल र निर्णय गर्ने बताईएको छ । ७७ वटै जिल्लामा काँग्रेस कृयाशील सदस्यता नबिकरण तथा नयाँ थप्ने बिषयमा बिबाद छ ।