पु.समाचार

बारको चेतावनीलाई वेवास्ता गर्दै जबराले थाले एकल ईजलासमा सुनुवाई

१४ कार्तिक, काठमाडौं । विवादमा तानिएका प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराले आज एकल ईजलासमा सुनुवाई गरेका छन् । सर्बाेच्चका अन्य कानुनव्यवसायी र नेपालबार एसोसिएसनले राजीनामाको माग गर्दै ईजलासमा नबस्न दिएको चेतावनीको वेवास्ता गर्दै प्रधानन्यायाधीश जबरा आज अपरान्ह ईजलासमा बसेका हुन् ।

यद्यपी आज बारले सर्बाेच्च अगाडी कालोपट्टी बाँधेर प्रधानन्यायाधीको बिरोधमा प्रदर्शन समेत गरेका थिए । भने उनका समर्थक सेतो पट्टी बाँधेर उभिएका थिए ।

बारले अजरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिँदै बिभिन्न बिरोधका कार्यक्रम समेत सार्वजनिक गरेको छ । तर आज अपरान्ह ३ बजे एकल ईजलासमा पुगेका जबराले नेपाली सेनाको शैनिक विषेश अदालतमा पुगेको मुद्धा जोडिएको क्षेत्र अधिकारको बिषयमा प्रारम्भिक सुनुवाई गरेका छन् ।

महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरु वहस गरेका थिए भने सुनुवाइ पछि आदेश आउन बाँकी छ ।