पु.समाचार

सिन्हा,मल्ल र शर्माले पाए प्रधानन्यायाधीशसंग वार्ता गर्ने जिम्मा

१४ कार्तिक, काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएका सर्बाेच्चका न्यायाधीशहरुले वार्ताटोलि बनाएका छन् । सर्बाेच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशसंग वार्ता गर्नका लागी तिन न्यायाधीशलाई जिम्मा दिएका छन् ।

जबरासंग वार्ता गर्नका लागी उनिहरुले न्याधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा.मनोज कुमार शर्मालाई जिम्मा दिएका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायलयको नेतृत्वगर्न नसकेको भन्दै राजीनामाको माग गर्दै आएका उनिहरुले झण्डै एक हप्तोखी मुद्धाको सुनुवाई पनि गरेका छैनन् ।