पु.समाचार

राप्रपाको ८ पदाधिकारीको लागि १६ जना भिड्ने

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ८ सदस्य पदाधिकारीको लागि १६ जना भिड्ने भएका छन् । काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच चुनावी भिडन्त हुँदै छ । त्यस्तै यस्तै एक महिलासहित ४ उपाध्यक्ष पदका लागि ८ जना चुनावी मैदानमा छन् ।

जगत प्रसाद गौचन, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुव बहादुर प्रधान, वुद्धिमान तामाङ र गंगादेवी श्रेष्ठ उपाध्यक्षको लागि मैदानमा छन् ।

यस्तै एक महिलासहित तीन महामन्त्री पदका लागि रेखा थापा, डा.धवलशमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाही गरीले उम्मेदवारी दिएका छन् । त्यस्तै १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको राप्रपा निर्वाचन समितिले जनाएको छ ।