प्रदेश 2

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ


६ चैत, पर्सा । मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना व्यक्ति पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने बर्ष ३० को नेजामुल हक अन्सारीको नाममा दर्ता रहेका ना. ५५ प. ४९८६ नम्बरको रोयल ब्लू रंगको १५० ऋऋ को पल्सर मोटरसाइकल निज सवारीधनीको घर आँगनमा पार्किङ गरी राखिएको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने वर्ष २३ को सुमन पटेलले लक तोडी चोरी गरी लगी ऐ.सिर्सिया ड्राईपोर्ट भित्र पुरानो कन्टेनर भित्र लुकाइ छिपाई राखिएको खुल्न आएको हुँदा उक्त मो.सा. बरामद गरी निजमाथि चोरी कसूरमा अनुसन्धान भैरहेको व्यहोरा सूचित गरिएको छ ।