मनोरञ्जन

सुनिलको ‘झम्के साँझ’ मा पल र प्रकृतिको रोमान्स


११ चैत, काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ बोलको गीतको भिडियो रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिगंमा आएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् ।

भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सालाई निर्देशक दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको भिडियो गायक गिरीकै अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।