मनोरञ्जन

रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक


१२ चैत, काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ चर्चित गीतकार रसंगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।
युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो ।