मनोरञ्जन

‘द भ्वाइस किड्स’ विजेता जेनिसले गाए ‘तिमी सँग’


१४ चैत, काठमाडौँ । ‘द भ्वाइस किड्स’ विजेता जेनिस उप्रेतीको स्वर रहेको गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ ।
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा संगीत संयोजन पनि संगीतकार गिरीकै छ ।

शास्त्रिय गीतको रुपमा प्रस्तुत यो गीत जेनिसले निकै राम्रो तरिकाले गाएका छन् । गीतको भिडियो पनि स्टुडियोमै छायांकन भएको छ । भिडियोमा गायक जेनिस, गीतकार उपाध्याय लगायत देखिएका छन् ।