मनोरञ्जन

चर्चित उपन्यासका नामबाट डिआरले बनाएका गीत


१६ चैत, काठमाडौँ । नेपालका चर्चित उपन्यासका नामबाट गीत तयार भएको छ । सधै फरक काम रुचाउन गीतकार डा. डिआर उपाध्यायले आफ्नो पछिल्लो गीत ‘रुप अनेक’ नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका हुन् । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।
स्वर तथा संगीत सागर अधिकारी ‘सरद’को रहेको गीतको एरेन्ज देबेन्द्र नेवाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा प्रतिमा बिष्टसँग गीतकार उपाध्ययले नै रोमान्स गरेका छन् ।
उमेरले जवानी पार गरिसकेका गीतकार उपाध्यय पछिल्लो समय लगातार रोमान्टिक गीतमा युवतीसँग देखिदै आएका छन् ।
माइकल स्टेपको निर्देशन रहेको भिडियो मोडलिङमा कलाकारले १५० ड्रेस प्रयोग गरेका छन् । सम्भवत यति धेरै पहिरन प्रयोग गरेर म्युजिक भिडियो बनेको यो नै नेपालमा पहिलो हो ।
केही अलग काम गर्ने सोचले उपन्यासको नामबाट गीत र भिडियोमा १५० ड्रेस प्रयोग गरिएको गीतकार डिआरले बताए ।
गीतको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ ।