प्रदेश 2

लागु औषध सहित पक्राउ


२९ चैत, पर्सा । लागु औषध सहित एक जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्ने दोलखा जिरी न.पा.७ बस्ने वर्ष २४ को बाङचुङ शेर्पा रहेको छ । आज १४:१५ बजे पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित यस कार्यालयको मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकाष्पदरूपमा पैदल हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उक्त व्यक्तिले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध DIAZEPAM १२८ एम्पुल, NOOPHIN २८ एम्पुल, PHENERGAN १२६ एम्पुल र BUPRENORPHINE १०० एम्पुल गरी जम्मा ३८२ एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।