११ वैशाख, काठमाडौँ । भन्सार छली ल्याएको खुद्रा मालसमानहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको छ ।
उक्त ट्रकले बिल विजक भन्दा बढी विभिन्न किसिमका मसाला, लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू राजश्व छली पैठारी गरी जनकपुरतर्फ लादै गरेको अवस्थामा सूचना प्राप्त भई कार्यालयबाट खटिएको टोलीले आज १:३० बजे पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० घण्टाघर सडकखण्डमा बा.२ ख ३४३५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
टोलीले ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको व्यहोरा सूचित गरिएको छ।





