१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका १३२ जना युवाहरु आज नेकपा एमालेमा प्रबेश गरेको छन ।
सो अवसरमा एमालेका नेता प्रभु हजराले युवाहरु समाजीक विकासको प्रर्याय भएको हुनाले उनीहरुले जहिले पनि विकास र परिवर्तनको पक्षमा काम आवज उठाउन आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा एमालेको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार बिजय कुमार सरावगीले सबै युवाहरुलाई सुनिश्ति भबिष्य र समृद्ध बिकासको लागि युवाहरु एमालेको पक्षमा लाग्नुपर्ने धारणा राखेका थिए । यसैगरि आजै वडा नम्बर ८ स्थित कोणसभमा समेत उक्त वडाका सयौं युवाहरु एमाल प्रबेश गरेका छन । बिभिन्न राजनीति दल परित्याग र उनीहरु एमाले प्रबेश गरेका हुन । उनीहरुलाई एमालेका नेताहरु बसुरुद्धिन अन्सारी, शम्भु गुप्ता, मेयरका उम्मेदवार बिजय कुमार सरावगी, वडा अध्यक्षका उम्मेदवार राजकिशोर गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार धु्रब लाठ लगायतले आ—आफ्नो धारणा राखेका थिए । उता बीरगंज महानगरपालिका वडा नम्बर ३१ को बैल्मा एमाले चुनाव प्रचार प्रसार कार्यालयको उदेघाटन भएको छ । सो कार्यलय उदघाटन गर्न एमालेका नेताहरु बिचारी यादब, बसुरुद्दिन अन्सारी, शम्भु गुप्ता, निबर्तमान नगर प्रमुख एवं एमालेको नगर प्रमुख पदका उम्मेदवार बिजय कुमार सरावगी वडा अध्यक्षका उम्मेदवार जितेन्द्र यादब लगायतको सहभागिता रहेको थियो ।





