१८ बैशाख, वीरगञ्ज । नेकपा एमाले वीरगञ्न महानगरपालिका मेयर , उपमेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरूले उल्लासका साथ आज वडा नं. ६ मा घरदैलो अभियान शुरु गरेका छ। महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरू चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ । ‘सूर्यमा छाप, झ्याप झ्याप’ भन्ने नारासहित वडानगरवासीको घरदैलोमा मत माग्न हिड्न थालेका एमालेका उम्मेदबारसहितका नेता कार्यकर्ताले जनताको हितमा काम गर्ने एकमात्र पार्टी एमाले रहेको वताएका छन् । नगरप्रमुखका उम्मेदवार विजय कुमार सरावगीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वारहरु घर–घरमा गएर मत माग्ने कार्य गरिराहेका छन् । घरदैलो अभियानमा जुटेका नेता तथा कार्यकता प्रत्येक घरका प्रत्येक सदस्यसँग भोट माग्ने कार्यलाई तिव्रता दिएको हो ।
‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टी विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनीकरण हुँदै गइरहेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ,’ सरावगीले बताए । घरदैलो अभियानमा थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागिता थियो । अधिकांश स्थानीयवासीले यस स्थानीय निर्वाचनमा एमालेलाई शानदार रूपमा विजयी गराउने प्रतिवद्धता दर्साएका थिए ।





