प्रदेश 2

एमालेको घरदैलोमा हजारौंको सहभागिता यसरी धमाधम बलियो बन्दैछन सरावगी


२१ बैशाख, वीरगञ्ज । आगामी ३० गते सम्पन्न हुने स्थानीय तहको निर्बाचनको लागि बीरगंज महानगरपालिकामा चुनावी प्रचार अभियानले निकै चर्चौ चल्न थालेको छ । स्थानीय तहको निर्बाचनको मिति जुन अनुपातमा नजिक आउँदै छ सोही अनुपातमा प्रचार अभियानले तिब्रता पाउन थालेको हो । निर्बाचनको लागि दलका उम्मेदवारहरुले जसरी पनि जित्नै पर्ने गरि आफुले भ्याय सम्मको अभियान शुरु गर्न थालेका छन । प्रचार अभियानले तिब्रता ल्याएसंगै अव कस्को पल्ला भारी भन्ने सम्बन्धमा अनुमान समेत लगाउन थालिएको छ । आजै एमालेले आयोजना गरेको घर दैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका उम्मेदवाहरुलाई जिताउनको लागि उर्लिएको जनताको आकार्षणले एमालेको उम्मेदवार निर्बाचित हुने कुराको अनुमान लगाउन थालिएको हो । आज एमालेको वडा नम्बर ३, ९ र १३ एवं १४ लगायतका वडाहरुमा आयोजना गरेको घर दैलो कार्यक्रममा हजारौंको सहभागिताले एमालेको उम्मेदवारलाई बलशाली बनाएको हो । घर दैलोमा एमालेका मेयर पदका उम्मेद्वार बिजय कुमार सरावगी, उप प्रमुखका उम्मेदवार लोसपाका पुरुषोत्तम लाल झा वडा अध्यक्षका उम्मेद्वार सुशिल कुमार कन्ठ – बमबम , मिनाक्षी गुप्ता, हिरा गिरि, भरत कुर्मी लगायतको सहभागिता रहेको थियो । उनीहरुले जनतासंग बीरगंजको समृद्धिको लागि एमालेको उम्मेदवारहरुलाई जिताउनको लागि आग्रह गरेको समेत थिए ।