मनोरञ्जन

श्रीमान विदेश गएपछि सामाजिक कुदृष्टिमा सबिता कार्कीको ‘बाँसको घारीमा’ सार्बजनिक


२४ बैशाख, काठमाण्डौँ । नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “बाँसको घारीमा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । निकै रोमान्चक सैलिमा तयार भएको गीतले जो कोहीलाई पनि आफ्नोपनको महसुस गराउने छ । प्रस्तुत गीतमा बाध्यता र विवसताको कारण परदेशिएका एक व्यक्तिको अर्धांगिनी संग अर्को एक युवकले नजर गाडेको कथालाई समाबेस गरिएको छ । गीतको पुरै अंश सुन्दा र हेर्दा परदेशिएका एक श्रीमानको श्रीमती प्रति समाजले हेर्ने कुदृष्टिलाई सकारात्मक संदेशको रुपमा प्रबाह गर्न खोजिएको छ । गीतमा कमल सुशान्रत के।सी लक्ष्मी खड्का र सबिता कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा दिनेश थापा, सबिता कार्की, आशिर प्रताप जङ्ग, अस्बिन के.सी प्रतिक्षा क्षेत्री र राम लोहनीको मुख्य अभियनय देख्न सकिन्छ । गीतमा शब्द प्रतिभा शर्मा चपाईको संगीत रहेको छ भने लय कमल सुशान्त के.सी को रहेको छ । कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले रुचाउन थालिसकेका छन् ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “बाँसको घारीमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी द्वारा छायांकन भएको यस गीतको भिडियोलाई सम्पादन भने दिपक बिष्टको रहेको छ । गीतलाई सबिता कार्की सामरी नामको युट्युब च्यानाल मार्फत सार्बजनिक गरिएको छ ।