प्रदेश 2

बारामा धमाधम रोपाइँ

३१ असार, कलैया । बारा जिल्लाका किसान यतिखेर रोपाइँमा व्यस्त छन् । यस कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा धानखेती गरिने लक्ष्य रहेकोमा हालसम्म ६० प्रतिशत अर्थात् २७ हजार ६१२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रको प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सिँचाइको सुविधा नभएको कारणले आकासे पानीको भरमा सिँचाइ गरी खेती गरिने धानखेती गर्न नसकेको कृषि प्राविधिक राजनारायण प्रसादले जानकारी दिए । गत आर्थिक वर्षमा कृषकले वर्षे धान भदैया ११ हजार ९० ५ हेक्टर र अगहनी धान ३४ हजार ११५ हेक्टरसमेत गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।