समाचार

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

१२ साउन, काठमाण्डौ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनी दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ ।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बुझिएको छ ।