बाग्मती

वागेश्वरी माविमा सरस्वतीको मन्दिर

२५ साउन , काठमाण्डौ । समाजसेवी हितबहादुर प्याकु¥याल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिएका छन् ।

विद्यालयका पूर्वप्रधानाध्यापक प्याकु¥यालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिएका हुन् । उनले सूर्यगढी–३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन गरिदिनाका साथै फलफूल वाटिका पनि निर्माण गरिदिएका छन् । 

अधिवक्ता र राजनीतिकर्मी पनि रहेका प्याकु¥यालले वि.सं २०२२ मा आफ्नो निजी जग्गामा विद्यालय र पुस्तकालय भवन बनाउनाका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गरेका थिए ।