बाग्मती

सडक पुनःसञ्चालनका लागि पहल

२६ साउन, धुन्चे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले गत मङ्गलबार रातिको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरी बाढीपहिराले अवरुद्ध सडक पुनः सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँ र वनुवा घुम्तीबीचको सडक अवरुद्ध भएको छ । सांसद आचार्यले बुधबार सो क्षेत्रको अनुगमन गरेका थिए । बाढी पहिरोले पु¥याएको क्षतिको अनुगमन गर्न आएका सांसद आचार्यले सो क्षेत्रको सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

सांसद आचार्यले आज पनि बाढी पहिरोका कारण रसुवाका अन्य क्षेत्रमा पुगेको क्षतिको अवलोकन गर्दैछन् ।