प्रदेश 2

गृह तथा सञ्चार राज्यमन्त्रीद्वारा रासस जनकपुर कार्यालयको निरीक्षण

८ भाद्र, जनकपुर । मधेस प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति (रासस) को मधेस प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा राज्यमन्त्री कर्णले राससको प्रादेशिक कार्यालय जनकपुरधामलाई तत्काल आवश्यक सञ्चार उपकरण तथा फर्निचर सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले कार्यालय व्यवस्थापनसँगै ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न सुझाब दिदै राससकर्मीहरुको दक्षता अभिवृद्धिका लागि मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने बताए । रासस प्रदेश कार्यालयका निमित्त प्रमुख राजु विश्वकर्माले भौतिक संरचनाको अवस्थासँगै पछिल्लो समय कार्यालय व्यवस्थामा देखिएको चुनौतिको बारेमा राज्यमन्त्री कर्णलाई जानकारी गराए । वि.सं २०४१ मा निर्मित भवनको हालै जीर्णोद्वार गरिएको छ ।