प्रदेश 2

वीरगंज संजालद्वारा रक्तदान तथा ब्लोड ग्रुपिङ कार्यक्रम सम्पन्न

१२ भदौ, वीरगंज । वीरगंज संजालद्वारा घण्टाघर चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
birgunjsanjal.com को चौथो तथा वीरगंज संजाल पत्रिकाको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छ्न ।

त्यस्तै वीरगंजमा पहिलो चोटि ब्लोड ग्रुपिङ केमपनि सम्पन्न भएको छ । जसमा १६५ जनाले आ–आफ्नो ब्लोड ग्रुप चेक गराई प्रमाणपत्र समेत लिएका छ्न । शनिबारको रक्तदान कार्यक्रममा प्रमुख अतिथि को रूपमा वीरगंज महानगर प्रमुख राजेशमान सिंहको उपस्तिथि रहेको थियो । नगर प्रमुखले वीरगंज संजालका संचालक कृष्ण श्रीवास्त्तवलाई आफ्नो हाथ बाट “बलड बेग“ हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नगर प्रमुख रजेशमान सिंहले आफुलाई खादा लगाउनु भन्दा रक्तदान गर्न आएका व्यक्तिलाई सम्मान गर्नु पर्यो भन्दै उनलाई सम्मान गर्न रखिएको खादा दोस्रो रक्तदाता बिनोध चौधरिलाई लगाई सम्मान गरेका थिए । त्यस्तै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले येस्तो समाजिक कार्य गर्नु सराहनीय रहेको बताए ।

कार्यक्रममा उपस्तिथि भएका विभिन्न संघ संस्थाका व्यक्तिले रक्तदान गरेका व्यक्तिहरुलाई रक्तदान गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र हस्तान्तरण गर्नेमा पत्रका महासंघ मधेस प्रदेशका महासचिव सयाम बन्जारा , पत्रकार महासंघ पर्साका सचिव सन्जिव मिश्रा , समाजसेवी लालबाबु सिंह , सवरिया ग्रुपका संचालक श्याम सर्मा ,समर होटेलका संचालक मनोज कुमार लगायतका व्यक्तिद्वारा सम्मान गरिएको थियो । त्यस्तै वीरगंजमा पहिलो चोटि ब्लोड ग्रुपिङ केमपनि सम्पन्न भएको छ । सो कार्यक्रम लाई चित्रांस पोलि हेल्थ क्लिनिकको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सफल पार्न विभिन्न संघ संस्थाले साथ सहयोग गरेका थिए ।