प्रदेश 2

धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा वरिष्ठ नेता महतोको एकल नाम सिफारिस

२० भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को आज सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिए । बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताए । 

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा (एमाले) ले सो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ ।